Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले लिलामीमा सेयर बेच्दै, कति छ मूल्य ?

अर्थ संसार

मंगलबार, ०९ साउन २०८०, १० : ४५ मा प्रकाशित

एनआईसी एशिया बैंकले लिलामीमा सेयर बेच्दै, कति छ मूल्य ?

एनआईसी एशिया बैंक लिमिटेडले केही संस्थापक सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको छ । बैंकले ४ लाख कित्ता संस्थापक समूहको सेयर आज साउन ९ गते, मंगलबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । 

मूल्य कति ?

उक्त सेयरकाे न्यूनतम मूल्य ३ सय ७५ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

क-कसले भर्न पाउँछन् ?

याे सेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनी वा जाे काेही याेग्य व्यक्ति, कम्पनी, संघ/संस्थाहरूले आवेदन दिन पाउनेछन् ।

कहिलेसम्म दिने आवेदन ?

आज साउन ९ गते, मंगलबारबाट बिक्री खुल्ला गरिएको उक्त लिलामी सेयरमा साउन १८ गते, बिहीबारसम्म आवेदन दिन पाइनेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १००० कित्तादेखि अधिकतम १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बैंककाे सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको