Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफको प्रिमियम सहितको आईपीओ: पहिलो चरणको समयसिमा आज बन्द हुदैँ

अर्थ संसार

बुधबार, १० साउन २०८०, ०८ : १८ मा प्रकाशित

रिलायबल नेपाल लाइफको प्रिमियम सहितको आईपीओ: पहिलो चरणको समयसिमा आज बन्द हुदैँ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम सहितको आईपीओमा आवेदन दिने आज साउन १० अन्तिम दिन रहेको छ।  कम्पनीले  पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रति सेयर २५७ रुपैयाँमा आज असार २७ गते देखि आईपीओ निष्काशन गरेको हो। 

रिलायबलले आफ्नो  ४ अर्ब जारी पूँजीको  ३० प्रतिशतले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको हो। 

सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि छुटाएर निकाशन  गरिएको हो । 

तेस्तै कम्पनीको ५ प्रतिशतले ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता सेयर छुटाएको छ। 


कति दिने आवेदन ?

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेचन। 

कहिलेसम्म दिने आवेदन ?

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सक्नेछन्। 

को हो बिक्री प्रबन्धक ?

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

कहाँबाट दिने आवेदन ?

धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो सेयर’ बाट आवेदन दिन सक्नेछन्।। 

रेटिङ कति ?

रेटिङ एजेन्सी इक्रा नेपालले यो आईपीओलाई‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ ।  जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको