Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया क्यापिटलले डाक्याे साधारण सभा, ४६ प्रतिशत लाभांश पारित हुँदै

अर्थ संसार

बुधबार, १० साउन २०८०, ११ : ४२ मा प्रकाशित

एनआईसी एशिया क्यापिटलले डाक्याे साधारण सभा, ४६ प्रतिशत लाभांश पारित हुँदै

एनआईसी एशिया क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको हिजो (साउन ९ गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे साताैँ वार्षिक साधारण सभा साउन ३२ गते, बिहीबार क्यापिटलकाे रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौँमा दिउँसो ३:३० बजेदेखि सुरू हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम ४६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिनेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात र मिति २०७९ श्रावण १ देखि २०८० आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरि पारित गर्ने लगायतका विषयमा छलफल गरी पारित गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ को लागि कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने अर्को एजेन्डा पनि छ । 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको