Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी पावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, ११ साउन २०८०, ०९ : १७ मा प्रकाशित

सिनर्जी पावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

सिनर्जी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। कम्पनीको असार २२ मा बसेकाे सञ्चालक समितिकाे बैठकले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि श्रावण १२ गते, शुक्रबार एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे थियो । त्यसैले आज श्रावण ११ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा आफ्ना सेयरधनीहरूलाई ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाइसकेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको