Like us!
Follow us!
Connect us!
Watch us!

कोशी प्रदेशको कमान हिकमत कार्कीले सम्हाल्ने

अर्थ संसार

विहीबार, ११ साउन २०८०, १७ : १६ मा प्रकाशित

कोशी प्रदेशको कमान हिकमत कार्कीले सम्हाल्ने

सर्वोच्च अदालतले आज कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो । 

उनी पदमुक्त भएसँगै साउन १७ गतेसम्मका लागि निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की स्वतः पदवहाली भएका छन् । आज (बिहीबार) सर्वोच्चले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारी दिन प्रदेश प्रमुखका नाममा आदेश दिएको हो ।

सर्वोच्चको पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्दै नयाँ सरकार गठन नभएसम्म कार्कीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिन भनेको हो । आदेशमा तत्कालका लागि कार्कीले नै कार्यवाहक पाउने र सात दिनभित्र संविधानको धारा ६८ (२) अनुसारको सरकार गठनको प्रक्रिया अघि बढाउन भनिएको छ । त्यसरी बहुमत पु‍र्‍याएर कसैले बहुमत देखाउन नसकेमा वा विश्वासको मत प्राप्त गर्न नसकेकामा धारा १६८ (३) अनुसारको प्रक्रिया अघि बढ्ने पनि आदेशमा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको