Like us!
Follow us!
Connect us!
Watch us!

त्रैमासिक विवरण ३० दिन भित्रै सार्वजनिक गर्नैपर्ने, बजार मूल्यमा असर पार्न सूचना भएमा यस्तो छ सेबोनको निर्देशन

अर्थ संसार

शुक्रबार, १२ साउन २०८०, ०८ : ०१ मा प्रकाशित

त्रैमासिक विवरण  ३० दिन भित्रै सार्वजनिक गर्नैपर्ने, बजार मूल्यमा असर पार्न सूचना भएमा यस्तो छ सेबोनको निर्देशन

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सूचीकृत संगठित संस्थाहरुलाई समयमै सूचना, जानकारी तथा विवरण पेस नगरे कारबाही गर्ने चेतावनी दिएको छ। 

बोर्डले जारी गरेको सूचनामा सबै संगठित संस्थाहरुले धितोपत्र सम्बन्धी कानूनमा विभिन्न व्यवस्थाहरु पूर्ण पालना भएको नदेखिएकोले संगठित संस्थाहरुलाई ४ बुँदे निर्देशन दिएको हो। संगठित संस्थाहरुले त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र विवरण बोर्ड समक्ष पेस गर्नुपर्नेछ र प्रतिवेदन राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन पर्ने,वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ५ महिनाभित्र बोर्डमा पेस गर्नुपर्ने, बजार मूल्यमा असर पार्न सक्ने सूचना,घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तत्काल धितोपत्र बजारमा दिई ३ दिनभित्र बोर्डमा पेस गर्नुपर्ने विषय निर्देशनमा उल्लेख छ। 

नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण विभागले जारी गरेको ४ बुँदे निर्देशन यस्तो छ :

१.बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु सो त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र बोर्ड समक्ष पेश गर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेछ ।

२.बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १५ बमोजिमको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महिना भित्र बोर्डमा पेश गर्नुपर्नेछ। साथै, सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा २० को उपदफा (४) बमोजिम अनुपालना प्रतिवेदनको मुख्य मुख्य बुँदाहरु सहितको प्रमाणित सारांश वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्नेछ ।

३.धितोपत्र सूचीकरण गराएका संगठित संस्थाहरुले सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने सूचना धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १६ मा उल्लेखित कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तत्काल धितोपत्र बजारमा दिई तीन दिनभित्र बोर्डमा पेश गर्नुपर्नेछ ।

४.धितोपत्र सम्बन्धी कानूनमा उल्लेख भएका यस्ता अन्य सूचना, जानकारी तथा विवरणहरु उल्लेखित समयमा नै पेश गर्नुपर्नेछ ।

 

 

64c3291eefcea.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको