Like us!
Follow us!
Connect us!
Watch us!

जब बालकोटमा एकाएक बन्यो सांगीतिक माहोल (तस्बिरहरु)

अर्थ संसार

शुक्रबार, १२ साउन २०८०, ०८ : ३२ मा प्रकाशित

जब बालकोटमा एकाएक बन्यो सांगीतिक माहोल (तस्बिरहरु)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोट घरमा सांगीतिक माहोल बनेको बताएका छन् । उनले आज आफ्नो सामाजिक सञ्जाल मार्फत बिहीबार बेलुका घरमा संयोगवश सांगीतिक माहौल बनेको भन्दै केहि तस्बिर सार्वजनिक गरेका छन् ।

शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरू अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी बालकोट पुगेका थिए । ओलीले भनेका छन्, ‘शास्त्रीय संगीतका साधकहरूले सुनाउनु भएको मेघमल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठास ! रमाइलो भयो, उहाँहरूलाई धन्यवाद ।’

64c32c8788947.jpg 64c32c8796e97.jpg 64c32c8800b81.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको