Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रीहरुलाई बालकोट बोलाएको खबर सत्य होइन- ओलीको सचिवालय

अर्थ संसार

सोमबार, १७ असार २०८१, २० : ०७ मा प्रकाशित

मन्त्रीहरुलाई बालकोट बोलाएको खबर सत्य होइन- ओलीको सचिवालय

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले आफ्ना मन्त्रीहरुलाई बालकोट बोलाएको खबरको खण्डन गरेको छ ।

ओलीको सचिवालयले मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराएको छ । 

यसअघि अध्यक्ष ओलीले एमालेका मन्त्रीहरुलाई छलफलका लागि बालकोट बोलाएको बताइएको थियो । 

ओलीको सचिवालयले भनेको छ- 'नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ। तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ ।'

एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस- एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको