Like us!
Follow us!
Connect us!
Watch us!

गत आवमा एनआईसी एशिया बैंकले बुझायो ३ अर्ब भन्दा बढी राजश्व

अर्थ संसार

शुक्रबार, १२ साउन २०८०, १३ : ०८ मा प्रकाशित

गत आवमा एनआईसी एशिया बैंकले बुझायो ३ अर्ब भन्दा बढी राजश्व

एनआईसी एशिया बैंकले नेपाल सरकारलाई गत आर्थिक वर्ष २०७९/८० मा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व बुझाएको छ । बैंकले नेपाल सरकारलाई  रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व बुझाउन सफल भएको आज जारी गरेको विज्ञप्तिमार्फत जनाएको हो । 

बैंकद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।’

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको समेत जनाइएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको