Like us!
Follow us!
Connect us!
Watch us!

स्वस्तिक लघुवित्तले अधिकृत पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने, बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट

अर्थ संसार

आइतबार, १४ साउन २०८०, ११ : ०२ मा प्रकाशित

स्वस्तिक लघुवित्तले अधिकृत पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने, बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच कम्पनीको अधिकृत पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा कम्पनीका तर्फबाट अख्तियार प्राप्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।

कम्पनी ऐन २०६३ बमोजिम स्थापित स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान न.पा. वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो र हाल १३ हजार भन्दा बढि परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आईरहेको छ । 

आज भएको उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्टले स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयरहरु सार्वजनिक निष्कासनको माध्यमबाट सर्वसाधारणमा निष्कासनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सेयर निष्कासनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको