Like us!
Follow us!
Connect us!
Watch us!

चीनका बर्खास्त परराष्ट्रमन्त्री काङसँग सम्बन्धित सबै रेकर्ड इन्टरनेटबाट हटाइँदै

अर्थ संसार

आइतबार, १४ साउन २०८०, १३ : ३२ मा प्रकाशित

चीनका बर्खास्त परराष्ट्रमन्त्री काङसँग सम्बन्धित सबै रेकर्ड इन्टरनेटबाट हटाइँदै

चीनका बर्खास्त परराष्ट्रमन्त्री छिन काङसँग सम्बन्धित सबै रेकर्ड चीनको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल साइटहरूबाट हटाइँदैछ। चीनको विदेशमन्त्रीका रूपमा करिब सात महिनासम्म छिन काङले भाग लिएका कार्यक्रम, भेटघाट र भेलाहरुका सबै अभिलेखहरू चीनको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल साइटबाट मेटाइँदैछ।

चिनियाँ विदेश मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइट  https://www.fmprc.gov.cn/ बाट छिन काङसँग सम्बन्धित सबै सामग्री हटाएको छ। आफ्नो सात महिनाको कार्यकालमा छिन काङले महत्वपूर्ण द्विपक्षीय बैठक र धेरै देशको भ्रमण गरे तर परराष्ट्र मन्त्रालयले ती सबै रेकर्ड आफ्नो आधिकारिक वेबसाइटबाट हटाएको छ।

यति मात्र होइन, चीनको सबैभन्दा ठूलो सामाजिक सञ्जाल वेइबो (Weibo) बाट पनि छिन काङसँग सम्बन्धित सबै सामग्री डिलिट गरिएको छ । यस साइटमा रहेको चिनियाँ विदेश मन्त्रालयको आधिकारिक पृष्ठबाट उनीसँग सम्बन्धित सबै समाचार, फोटो, जानकारीहरु हटाइएको छ।

त्यस्तै, चीनको सबैभन्दा लोकप्रिय सामाजिक साइट वी चैट (WeChat ) बाट पनि छिन काङसँग सम्बन्धित सामग्री हटाइने छ। यस साइटमा छिन काङसँग सम्बन्धित केही सामग्रीहरू अझै पनि देखिन्छन् तर छिन काङ परराष्ट्र मन्त्रीको हैसियतमा नभई अमेरिकामा राजदूतका रूपमा काम गरिरहेको केही सामग्रीहरू देखापरिरहेको छ।

चीनको स्टेट काउन्सिलर, अर्थात्, क्याबिनेट मन्त्रीहरूको बारेमा जानकारी समावेश गरिने आधिकारिक वेबसाइट http://www.gov.cn/ मा पनि छिन काङको नामको अगाडि मन्त्री वा पूर्व मन्त्रीको पद उल्लेख छैन। तर, उनको नाम अझै पनि राज्य सल्लाहकारको सूचीबाट हटाइएको छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको