Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभाबाट ६६ प्रतिशत हकप्रद पारित

अर्थ संसार

सोमबार, १५ साउन २०८०, १२ : ४० मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभाबाट ६६ प्रतिशत हकप्रद पारित

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज (श्रावण १५ गते, सोमबार) सम्पन्न भएको छ । कम्पनीको विशेष साधारण सभा आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा सम्पन्न भएको हो ।

बिमल प्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न भएको विशेष साधारण सभाले ६६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७ सय ९० रूपैयाँ ५० पैसाको १० सेयर बराबर ६.६ सेयर (६६ प्रतिशत) को अनुपातले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 

यसका साथै, सभाले हकप्रद सेयर पश्चातको पुँजी वृद्धिलाई प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरबदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

विशेष साधारण सभामा बोल्दै कम्पनीका अध्यक्ष बिमल प्रसाद वाग्लेले चाँडो भन्दा चाँडो हकप्रद निष्कासनको सबै प्रक्रिया सक्याएर हकप्रद खुल्ला गरिने आश्वासन दिएका छन् । सभामा बोल्दै कम्पनीका सेयरधनीहरूले पनि कम्पनीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै राम्रो प्रस्तुतीका लागि शुभकामना समेत दिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको