Like us!
Follow us!
Connect us!
Watch us!

गठबन्धनमा ‘फाटो’ पार्ने कसरत सुरु !

अर्थ संसार

सोमबार, १५ साउन २०८०, १२ : ५५ मा प्रकाशित

गठबन्धनमा ‘फाटो’ पार्ने कसरत सुरु !

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेयता मुलुकमा विभिन्न काण्डहरु उजागर भए । यसले नेपालको अन्तर्राष्ट्रिय छविलाई नै असर पार्यो । प्रचण्ड प्रधानमन्त्री बनेयता नक्कली भूटानी शरणार्थी प्रकरण, पशुपति सुन जलहरी प्रकरण, ललिता निवास प्रकरण र हालै सार्वजनिक भएको १०० किलो सुन तस्करी प्रकरणको भण्डाफोर भयो । भण्डाफोर भएलगत्तै फाइल खुल्यो, फाइल खुलेलगत्तै अनुसन्धानले गति लियो । तर, ती प्रकरणहरुलाई सत्ता पक्षकै नेताहरुबाट साससुम पार्न खोजियो । 

किन भने त्यस प्रकरणमा ठूलो राजनीतिक व्यक्तित्वदेखि साना कर्मचारीहरुको संलग्नता छ । यसमा गठबन्धनपक्षकै नेताहरुको नाम बाहिर आयो । कतिपय त हिरासतमा नै छन् । प्रकरणको फाइल खुल्दा कत्तै ठूला नेताहरु त मुछिने होइन भनेर यी सब प्रकरणमा भरियालाई मात्र समाएर ठूलालाई उम्काउन खोजियो । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालय हुँदै बाहिरिएको तस्करीको करिब सय केजी सुन प्रकरणमा राजश्व अनुसन्धान विभागले आइतबार दावा लामालाई पक्राउ ग¥यो । चिनियाँ मूलका बेल्जियम नागरिक लामालाई विभागको टोलीले आइतबार ठमेलबाट पक्राउ गरेको हो । लामाको ठमेलमा होटल पनि छ  ।

उनको भियना होटलमा समेत विभागको टोलीले छापा मा¥यो । उनी सुन तस्करी प्रकरणका मुख्य नाइके भएको दाबीसमेत अधिकारीको छ । नाइके भनिएका लामा पक्राउपछि सुन तस्करीमा संलग्न गिरोहबारे जानकारी मिल्ने अपेक्षा गरिएको छ । लामा विभिन्न आपराधिक गतिविधिमा संलग्न छन् । 

विभिन्न आपराधिक घटनामा संलग्न उनलाई चिनियाँ दूतावासले पक्राउ गर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको थियो । तर, माओवादी केन्द्रका उच्च तहका नेताहरूको संरक्षणमा उनी जोगिदै आएका थिए । दावाको माओवादी केन्द्र उपमहासचिव वर्षमान पुन र नेतृ ओनसरी घर्तीसँग निकट सम्बन्ध रहेको स्रोत बताउँछ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग समेत लामाको घनिष्ठ सम्बन्ध छ । नेता र तस्करबीचको घनिष्ठ सम्बन्धले नै उक्त प्रकरणमा मुछिने डर नेताहरुमा छ । यसले गठबन्धनमाथि नै असर पर्ने देखिन्छ । सम्बन्ध उजागर हुँदै गएपछि नेताहरु आफू मुछिने डरले आफ्नो बचावका लागि मैदानमै उत्रिएका छन् । र, गठबन्धन तोड्ने त्रास देखाइरहेका छन् ।

गठबन्धनकै बैशाखी टेकेर  प्रधानमन्त्री बनेपनि प्रचण्डले भने भ्रष्टाचार विरुद्ध आफू लाग्ने बताइरहेका छन् । र, जो सुकैलाई पनि अनुसन्धानको घेरामा ल्याउने प्रतिद्धता व्यक्त गरिरहेका छन् । उनले आफ्नो कुर्सीका चिन्ता नगरी प्रकरणको जरैसम्म पुग्ने समेत भनिरहेका छन् । तर अरुकै बैशाखीमा बनेको सरकारलाई निरन्तरता दिन प्रचण्डलाई कति सम्भव छ ? त्यो समयले बताउँला । तर, ठूला राजनीतिक दलहरु जो गठबन्धनमा छन् तीनीहरुले उक्त प्रकरणलाई बन्द वा कुनै तरिकाले सामसुम नगरे गठबन्धलाई तोड्ने समेत कसरत गरिरहेका छन् । 

सत्तापक्षकै सांसदले गरे गृह र अर्थको राजीनामा माग:

यो प्रकरणले अहिले संसद तातेको छ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुबीच यो विषयमा आरोप प्रत्यारोप चलिरहेको छ । यो प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय समिति गठन गर्न माग गर्दै संसद अवरोध गरेका छन् । 

सत्तापक्षकै सांसदले समेत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरे । प्रतिपक्षी दल रास्वपाले संसदमा सुन काण्डको बारेमा जसरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । उसले सरकारसँग जवाफ समेत माग गरेको छ । राप्रपाले पनि छानविन समिति बनाउनु पर्ने माग गरे । 

सुन तस्करी प्रकरणको घटना विवरण र छानविनमा भएकौ प्रगतिबारे जानकारी गराउन आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेका अवरोधका कारण जवाफ दिन पाएनन् । एमालेको अवरोधपछि सभामुखले पाँच दिनका लागि प्रतिनिधसभा बैठक स्थगित गरे । 

त्यस्तै गठबन्धनमा आवद्ध कांग्रेसका नेता प्रदीप पौडेलले सुन प्रकरणको सत्यतथ्य छानबिन भएर दोषीसम्म नपुगे आफूहरू गृह र अर्थमन्त्रीको राजीनामा माग्नेस्थितिमा पुग्ने बताए । भरियालाई दोषी थोपारेर नाइकेलाई छुट दिन नमिल्ने बताए । 

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘पछिल्लो समय सुनको विषय बाहिर आएको छ। त्यसको गम्भीर ढंगले छानबिन गर्नुपर्छ। यो कागज होइन, हलुका विषय होइन । कसैले थाहा नपाउने गरी त्यहाँबाट निस्कँदैन। तर, यो त्यहाँबाट कसरी निस्किरहेको छ ? राज्यको उपस्थिति भन्सारमा हुन सकेन भने कहाँ हुन्छ ? त्यसैले यो कुराको गहिराइमा छिनोफानो हुने गरी छानबिन भएन। दोषीमाथि कारबाही भइन भने हामी गृह र अर्थ मन्त्रीको राजीनामा माग्ने स्थितिमा पुग्छौँ।’ 

सय केजी सुन तस्करी प्रकरणमा दावा पक्राउसँगै राजनीतिकर्मीमा पनि होला अनुसन्धान? भन्ने प्रश्न तेर्सिन्छ । प्रधानमन्त्रीले भने कसैलाई पनि उम्किन नदिने गरि अभियान थालेका छन् । उक्त अभियानले गठबन्धभित्रै असन्तुष्टि चूलिएको छ । यसकारण गठबन्धनमा फाटो पार्ने प्रयास भइरहेको छ । यस विषयको पुष्टि स्वयम प्रधानमन्त्रीले नै गरे । 

प्रधानमन्त्री ‘प्रचण्ड’ले भ्रष्टाचारविरोधी, बेथिति र विसंगतिविरुद्ध लडाइँ सुरु गरेपछि गठबन्धनमा फाटो पार्ने कसरत भएको बताएका छन् । तर, भ्रष्टाचार र तस्करीकाविरुद्ध जेहाद छेड्ने कदम नरोकिने प्रधानमन्त्रीले स्पष्ट समेत पारे ।

समाजवादी मोर्चामा आबद्ध पार्टी निकटका विद्यार्थी संगठनहरूले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यो राजनीतिक स्टन्ट नभएको स्पष्ट पारे। समाजवादी मोर्चाका नेताहरूका बीचमा पनि भ्रम सिर्जना गर्ने र आशंका उत्पन्न गर्ने षड्यन्त्र भइरहेको भन्दै दाहालले एकताबद्ध भएर षड्यन्त्रलाई परास्त पार्ने बताए ।

‘हामीले भ्रष्टाचारविरोधी या बेथिति र विसंगतिविरुद्धको लडाइँ सुरु गरेपछि गठबन्धनमा फाटो पार्न, समाजवादी मोर्चा बनिसकेपछि समाजवादी मोर्चाका नेताहरूबीच पनि भ्रम सिर्जना गर्ने, आशंका उत्पन्न गर्ने अनेक खालका कसरतहरू भइराखेका छन् ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी ती सबै षड्यन्त्रहरूलाई परास्त गर्दै हाम्रो आफ्नो एकतालाई अझ बलियो पार्दै एकअर्काप्रतिको विश्वासको धरातललाई अझ बलियो बनाउँदै अगाडि बढ्नेमा दृढ छौं ।’

उनले अहिले भ्रष्टाचारविरोधी या राज्यका सम्पत्ति व्यक्तिले दोहन गर्ने, शोषण गर्ने जो बेथितिविरुद्ध या तस्करीविरुद्ध एउटा जेहाद छेडिएको बताए । ‘म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु, यो कदम यहिँ रोकिनेवाला छैन । यो कदम निरन्तर अगाडि बढ्नेवाला छ ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आउने दिनमा हेर्दै जानुहोला‚ अरु फाइल खुल्दै जानेवाला छन् । ग्राउन्डमा समर्थन प्राप्त नभइकन, एक्लै सरकार वा प्रधानमन्त्रीले मात्रै जितिने लडाइँ यो होइन । आम जनता पनि साथमा भएपछि मात्रै यो ब्याटल हामीले जित्नेछौं ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको