Like us!
Follow us!
Connect us!
Watch us!

तस्करसँगको तस्विर भाइरल भएपछि वर्षमान पुनले भने– मेरो कुनै संलग्नता छैन्, दोषी ठहरिए कारबाही भोग्न तयार छु

अर्थ संसार

सोमबार, १५ साउन २०८०, १७ : ३८ मा प्रकाशित

तस्करसँगको तस्विर भाइरल भएपछि वर्षमान पुनले भने– मेरो कुनै संलग्नता छैन्, दोषी ठहरिए कारबाही भोग्न तयार छु

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सुन तस्करी प्रकरणको निष्पक्ष ढङ्गले छानबिन हुनुपर्नेमा जोड दिएका छन् । आज (सोमबार) संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताएका हुन् । 

पुनले प्रधानमन्त्रीले भ्रष्टाचार र सुन तस्करीविरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको बताए । उनले अनाहकमा आफूलाई जोडेको भन्दै व्यक्तिगत चरित्र हत्या गर्ने भन्दापनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्ने बताए ।

पुनले भने ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको भ्रष्टाचार र सुन तस्करी विरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान हो । यसमा मेरो पूरै समर्थन छ । मेरो कहीँ कतै संलग्नता छैन । म कतै जोडिएको छैन । गत आठ वर्ष पहिले पारिवारिक खालको फोटोलाई राखेर हो जस्तो पारिएको छ । आगामी दिनमा हामी कस्ता मान्छेसँग छानबिन गर्ने कस्ता मान्छेसँग नगर्ने भनेर सोच्नुपर्छ । मेरोबारेमा पनि ठोस रूपले त उठेको छैन, कुन निकायले छानबिन गर्नुपर्ने हो म माथि छानबिन गरोस्, म त्यो छानबिनका लागि तयार छु । र, म दोषी ठहरिए के सजाय भोग्नुपर्ने हो त्यसको लागि तयार छु । राजनीतिक, व्यक्तिगत चरित्र हत्या गर्ने भन्दापनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्छ । न्यायिक समिति, संसदीय छानबिन समिति वा प्रहरी कसबाट अनुसन्धान हुनुपर्ने हो म उभिन तयार छु ।’

सम्बन्धित समाचार:

सुन तस्करको राजनीतिक ‘कनेक्शन’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको