Like us!
Follow us!
Connect us!
Watch us!

सुन तस्करीमा संसदीय समिति गठन गर्न एमालेको अडान, माओवादीभित्रबाटै ग्रीन सिग्नल; तर प्रधानमन्त्री अनइच्छुक

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, १६ : ०५ मा प्रकाशित

सुन तस्करीमा संसदीय समिति गठन गर्न एमालेको अडान, माओवादीभित्रबाटै ग्रीन सिग्नल; तर प्रधानमन्त्री अनइच्छुक

नेपालमा सुन तस्करी प्रकरणले सत्तापक्ष र प्रतिपक्षबीच तनाव बढदै गएको छ । विपक्षी नेकपा (एमाले)ले सुन तस्करीको उच्चस्तरीय छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद बैठकमा व्यवधान गर्दै आएको छ ।

सोमवार पनि संसदको बैठक चल्न सकेन । बैठक चलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सहमतिमा पुग्न सकेन । ओलीले उच्चस्तरीय समिति गठनको अडानलाई कायमै राखेका छन् ।

त्यस्तै प्रतिनिधिसभाको आज (मंगलबार)को लागि बोलाईएको बैठक बस्दै नबसी स्थगित् भएको छ । संघीय संसद् सचिवालयले अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको हो  । एमालेले सुन तस्करी प्रकरणमा संसदीय छानबिन समितिको मागको अडान कायम नै राखेको छ । तर, सरकारले भने कुनैपनि हालतमा संसदीय समिति गठन नगर्ने अडान लिएको छ ।

एमालेले निरन्तर आफ्नो अडानबाट पछि नहट्ने रणनीति लिएपछि बैठक प्रभावित भइरहेको थियो भने सत्तारुढ दल माओवादी केन्द्रको भोलिबाट केन्द्रीय समितिको बैठक बसने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहपछि सभामुख देवराज घिमिरेले बैठक अर्को सोमबारसम्म स्थगित गरेको बताइएको छ ।

एक सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक र चिनियाँ मूलका अन्य देशका नागरिकको सम्बन्ध माओवादी नेताहरुसँग जोडिएपछि एमाले झन् कडा रुपमा प्रस्तुत हुन थालेको छ । सुन तस्करीमा पक्राउ परेका दाबा छिरिङसँग कनेक्शनको आरोप लागेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन् । उनले माओवादी केन्द्रको पदाधिकारी बैठकमा आफ्नो सुन तस्करसँग सम्बन्ध नरहेको दाबी गर्दै छानबिन समिति गठनको माग गरेका हुन् ।

उक्त प्रस्तावले माओवादीभित्रै वर्षमानले प्रधानमन्त्री प्रचण्डलाई काउन्टर दिएका छन् । उनले राखेको प्रस्तावले माओवादी भित्रबाटै ग्रीन सिग्नल आएको बुझन्न सकिन्छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदीय समिति गठन गर्न मानेका छैनन् । उक्त विषयलाई लिएर माओवादी भित्रै दुई धार देखिन थालेको छ । 

उनी सुन तस्करीको अनुसन्धान राजश्व अनुसन्धान विभागबाटै होस् भन्ने चाहन्छन् । विभागले नेपालको सीमा सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरी बलको सहयोग लिएर अनुसन्धान र पक्राउ गरिरहेको छ ।

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हङकङ हुँदै हवाई मार्गबाट आएको एक सय केजी सुन १९ जुलाईमा भन्सार चेकप्वाइन्ट कटेपछि बरामद भएको थियो । ब्रेक शुमा लुकाएर ल्याइएको सुन तस्करीमा चिनियाँ गिरोहको संलग्नता खुलिसकेको छ । उनीहरुको उच्च राजनीतिक तहमा कनेक्शनबारे अनुसन्धान चलिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको