Like us!
Follow us!
Connect us!
Watch us!

रिहाइको माग गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता बालकृष्ण खाँण र टोपबहादुर उच्च अदालतमा

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, १३ : ०१ मा प्रकाशित

रिहाइको माग गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता बालकृष्ण खाँण र टोपबहादुर उच्च अदालतमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल उच्च अदालत पुगेका छन्। आफूहरूलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै उनीहरू उच्च अदालत पुगेका हुन् । 

उनीहरूले काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी सामान्य तारिखमा रिहा गर्नु पर्ने भन्दै उच्च अदालत पुगेका हुन् । 

उच्च अदालत पाटनले खाँण र रायमाझीको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ । जिल्ला अदालतको आदेशविरुद्ध निवेदन परेपछि उच्च अदालतले सम्बन्धित जिल्ला अदालतलाई ‘कैफियत प्रतिवेदन’ पठाउन आदेश दिन्छ ।

कैफियत प्रतिवेदन प्राप्त भएपछि उच्च अदालतले सुनुवाइसहित जिल्लाको आदेशको परीक्षण गरी थप आदेश सुनाउने गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको