कोशी प्रदेशको सरकार गठन हुने भएसँगै नेकपा (माओवादी केन्द्र)का सांसद बाबुराम गौतम मन्त्री बन्ने भएका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालको दबाब थेग्न नसकेपछि उनले हिजो (मंगलबार) मात्रै सभामुख पदबाट राजीनामा दिएका थिए ।
कोशी प्रदेशको सरकार गठनमा बहुमत नपुगेपछि सत्ता गठबन्धनबाट सभामुख बनेका गौतमले पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामासँगै गठबन्धनबाट नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
कोशी प्रदेशले मुख्यमन्त्रीपछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस