कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरूबाट १–१ जना मन्त्री सरकारमा पठाउने सहमति भएको छ । हिजो (मंगलबार) नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्ने भएका छन् ।
उनीसँगै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथ ग्रहण गर्नेका भएका छन् ।
मंगलबार सभामुख पदबाट राजीनामा दिएका गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिने भएको छ । जवेगुलाई भौतिक पूर्वाधार मन्त्रालय र सुनुवारलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको हो ।
पहिलो चरणमा मुख्यमन्त्रीसहित चार जनाले शपथ ग्रहण गर्ने भएका छन् । मुख्यमन्त्री र मन्त्रीले बुधबार अपराह्न ५ बजे शपथ ग्रहण गर्ने भएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस