Like us!
Follow us!
Connect us!
Watch us!

मस्कोमा लगातारको ड्रोन आक्रमणले राजनीतिक समाधान अझ गाह्रो हुँदै

अर्थ संसार

बुधबार, १७ साउन २०८०, १३ : ३४ मा प्रकाशित

मस्कोमा लगातारको ड्रोन आक्रमणले राजनीतिक समाधान अझ गाह्रो हुँदै

विगतका दिनहरूमा रुसको राजधानी मस्कोका नागरिक बहुल्यता भएको क्षेत्रमा लगातार ड्रोन आक्रमण भएपछि रुसी अधिकारीहरूले आक्रमणको दोष युक्रेनलाई दिएका छन् । यद्यपि युक्रेनले औपचारिक रूपमा आक्रमणको पछाडि आफ्नो हात रहेको अहिलेसम्म स्वीकार गरेको छैन।

चिनियाँ विश्लेषकहरूले यो अवस्थाले संकटको राजनीतिलाई समाधानतर्फ भन्दापनि अझ द्वन्द्व भड्काउने बताएका छन् । रुसमाथिको यो आक्रमणले रूसी जनतामा डर फैलाउने, राष्ट्रपति भ्लादिमिर पुटिनको लागि उनीहरूको समर्थनलाई कमजोर पार्ने र सम्भावित रूपमा उक्त विषयले युक्रेनबाट रूसी सेना फिर्ता गर्न बाध्य पार्ने आशा रहेको कारण संयुक्त राज्य अमेरिकाको नेतृत्वमा पश्चिमी देशहरूले उक्त आक्रमणलाई समर्थन गरेको छ । विश्लेषकहरूले भनेको विषयलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ।

यद्यपि, यसले उल्टो नतिजा निम्त्याउन सक्छ, किनकि यस घटनाले रुसी जनताको पश्चिमा विरुद्धको घृणालाई बलियो बनाउने छ र त्यो घृणा अझ बढ्नेछ । यसले संकटको राजनीतिक समाधानमा पुग्ने कठिनाइलाई ठूलो मात्रामा बढाउने विज्ञहरूले बताएका छन्।

युक्रेनले आइतवार र मंगलबारको प्रारम्भिक हमलामा आफ्नो हात रहेको स्वीकार गरेको छैन, यद्यपि युक्रेनी अधिकारीहरूले मस्कोमा त्यस्ता आक्रमणहरूलाई समर्थन गरेको देखिन्छ, द गार्डियनले रिपोर्ट गरेको विषयलाई ग्लोबल टाइम्सले लेखेको छ।

रुसी रक्षा मन्त्रालयले आक्रमणलाई युक्रेनको ‘आतंकवादी आक्रमणको प्रयास’ भन्दै निन्दा गरेको छ। ‘दुई युक्रेनी युएभीलाई एयर डिफेन्स फोर्सले मस्को क्षेत्रको ओडिन्टसोभो र नारो–फोमिन्स्क जिल्लामा खसालेको थियो,’ मन्त्रालयले भन्यो।

पछिल्ला दिनहरूमा यस प्रकारका आक्रमणहरू बारम्बार भएका छन्। मस्कोका मेयर सेर्गेई सोब्यानिनले आइतवार बिहान राजधानीमा युक्रेनी ड्रोनले आक्रमण गरेको र मस्को शहर व्यापार जिल्लामा दुई गगनचुम्बी भवनहरूमा सामान्य क्षति भएको बताए। उक्त आक्रमणमा कसैलाई चोटपटक भने लागेन ।

इस्ट चाइना नर्मल युनिभर्सिटीको सेन्टर फर रसियाली स्टडीजका सहायक अनुसन्धान फेलो कुई हेङले मंगलबार ग्लोबल टाइम्सलाई भने कि युद्धको प्रभावलाई आफ्नो जनताको दैनिक जीवनबाट कम गर्न रुसले युक्रेनको द्वन्द्वबाट रुसी नागरिकहरूलाई अलग राख्न चाहन्छ । तर, युक्रेनले भने रुसीहरूलाई युद्धको पीडा महसुस गराउन चाहन्छ र रुसीहरूलाई राष्ट्रको सुरक्षा प्रणाली कमजोर भएको आभाष गराउन चाहन्छ । र, पुटिन प्रशासनको विश्वास पनि गुमाउन प्रयास गरिरहेको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार मस्कोमा भएको आक्रमण बाहेक २५ युक्रेनी ड्रोनले आइतवार राति क्रिमियामा आक्रमण गर्ने प्रयास गरेका थिए। सोह्रबटा ड्रोनलाई वायु रक्षा प्रणालीले खसाल्यो र नौलाई इलेक्ट्रोनिक युद्धका माध्यमबाट जाम गर्यो । जुलाई २८ मा, मन्त्रालयले रिपोर्ट गर्यो कि युक्रेनले आक्रमण गरेको मिसाइललाई एयर डिफेन्स मिसाइलमा परिणत गरि नागरिक पूर्वाधारमा प्रहार गरेको थियो। त्यस प्रहारबाट कैयौं भवनमा क्षति पुगेको छ भने कैयौं मानिस घाइते भएका छन् ।

रुसी सुरक्षा परिषद्का सचिव निकोले पात्रुसेभले भने, ‘युक्रेनको क्रिमियन ब्रिजमा भएको आक्रमणले किभ शासनलाई सहयोग गर्न अमेरिका र यसका सहयोगीहरू वास्तवमा आतंकवादका प्रायोजकहरू हुन् भन्ने पुष्टि गर्दछ,’ रुसी सञ्चारमाध्यम तासले सोमबार रिपोर्ट गरेको छ।

चिनियाँ सैन्य विज्ञ र टिभी कमेन्टेटर सोङ झोङपिङले युक्रेनले द्वन्द्वको शुरुवाती दिनदेखि नै रुसको विरुद्धमा सरकारी, सैन्य वा नागरिक लक्षित आक्रमणहरू सुरु गरेको छ । 

युक्रेनका सेनाले रणभूमिमा तय गरेको लक्ष्य हासिल गर्न नसकेकाले रुसी नागरिक निशानामा परेका छन् । त्यसैले उनीहरूले रुसलाई समस्या थप्न ड्रोन आक्रमणलगायत गुरिल्ला रणनीतिहरू प्रयोग गर्ने प्रयास गरिरहेका छन्, सोङले भने।

तासको अनुसार, युक्रेनी सेनाले गत महिनामा २०, ८०० भन्दा बढी सेना र १० ट्याङ्कहरू सहित २२०० भन्दा बढी सैन्य उपकरणहरू गुमाएको छ । रूसी रक्षा मन्त्री सर्गेई शोइगुले सोमबार सैन्य कमाण्डरहरूसँगको सम्मेलन कलमा भने।

संयुक्त राष्ट्रसंघका महासचिवका उपप्रवक्ता फरहान हकले सोमबारको दैनिक प्रेस ब्रिफिङमा रुसमा भएको आक्रमणको बारेमा प्रश्नको जवाफ दिँदै भनेका छन्, ‘यो आक्रमणको जिम्मेवारी कसले लिएको हो भन्ने विषयमा हामीसँग पहिलो हातको जानकारी छैन । निस्सन्देह, हामी नागरिक सुविधाहरूमा कुनै पनि र सबै आक्रमणहरूको विरुद्धमा छौं र हामी तिनीहरूलाई रोक्न चाहन्छौं।’

क्रेमलिनले सोमबार ड्रोनले मस्कोलाई निशाना बनाएको आरोप लगाएको केही घण्टापछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रसियाविरुद्धको युद्ध पुन? गति लिएको बताएका छन्।-Photo Source: Global Times
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको