Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको रिजर्भ बलियो ,नाफा र प्रति सेयर आम्दानी भने घट्यो

अर्थ संसार

विहीबार, १८ साउन २०८०, ०९ : २१ मा प्रकाशित

कामना सेवा विकास बैंकको रिजर्भ बलियो ,नाफा र प्रति सेयर आम्दानी भने घट्यो

कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

खुद नाफा 

समीक्षा अवधिमा बैंकको खुद नाफा घटेको छ। समीक्षा अवधि बैंकले ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन २६.९६ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष यसै अवधिमा बैंकले ५९ करोड ८५ हजार रुपैयाँ नाफा कमाएको थियो  ।

खुद ब्याज आम्दानी 

बैंकको खुद ब्याज आम्दानी बढेको छ। ८.६५ प्रतिशतले आम्दानी बढेर २ अर्ब १६ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष सोहि अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।

खुद फि तथा कमिशन आम्दानी

खुद फि तथा कमिशन आम्दानी १२.९२ प्रतिशतले  घटेको छ। 

सञ्चालन मुनाफा

बैंकको सञ्चालन मुनाफा घटेर केबल ६९ करोड १५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष  ८६ करोड ४८ लाख रुपैयाँ कमाएको थियो । सञ्चालन मुनाफा २०.०४ प्रतिशतले घटेको हो। 

खराब कर्जा अनुपात (एनपीएल)

बैंकको खराब कर्जा बढेर २.९८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २.३१ प्रतिशत थियो। 

इम्पेयरमेन्ट चार्ज

इम्पेयरमेन्ट चार्ज बढेर ५० करोड ३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज २८ करोड ४१ लाख रुपैयाँ थियो। 

वितरण योग्य मुनाफा

५ करोड ८० लाख रुपैयाँ रहेको छ 

प्रति सेयर आम्दानी

बैंकको प्रति सेयर आम्दानी ५ रुपैयाँ ६४ पैसा घटेर १३ रुपैयाँ १४ पैसा पुगेको छ।

मूल्य आम्दानी अनुपात

२४:८८ गुणा रहेको छ

प्रतिशेयर नेटवर्थ

१४६ रुपैयाँ ४६ पैसा 

चुक्ता पूँजी

३ अर्ब २८ करोड ११ लाख रुपैयाँ

रिजर्भ 

१ अर्ब ४६ करोड रुपैयाँ

निक्षेप संकलन र कर्जा परिचालन  

समीक्षा अवधिमा बैंकले ५३ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन भएको छ भने  ४३ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको