आज (बिहिबार) नेप्सेमा झिनो अंकको बृद्धि भएको छ । आज ३ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०८९.८४ विन्दूमा कायम हुन पुगेको हो ।
नेप्से बढेपनि आज कारोबार रकम बुधबारको तुलनामा भने निकै खुम्चिएको छ । आज १ अर्ब ७८ करोड १९ लाख ४१ हजार माथिको कारोबार भएको हो ।
सेयर बजार बढेसँगै आज दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार सपोर्ट माइक्रोफाइनान्स र एनआईबिएल ग्रोथ फण्डको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, आज ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १, अभियान लघुवित्त, सीईडीबी हाइड्रोपावर सुपर माई हाईड्रोपावर कम्पनीलगायतका कम्पनीको सेयरमूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस