आज (बिहिबार) नेप्सेमा झिनो अंकको बृद्धि भएको छ । आज ३ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०८९.८४ विन्दूमा कायम हुन पुगेको हो ।
नेप्से बढेपनि आज कारोबार रकम बुधबारको तुलनामा भने निकै खुम्चिएको छ । आज १ अर्ब ७८ करोड १९ लाख ४१ हजार माथिको कारोबार भएको हो ।
आज शिवम् सिमेन्टसको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ९ करोड २३ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, सिईडिबी, आइसीएफसी फाइनान्स, प्रोगेसिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिष्टलरी, प्राइम कमर्शीयल बैंक,अपर तामाकोशी, सोल्टि होटल र हिमालयन लाइफको सेयरमा लगानीकर्ताहरु झुम्मिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस