Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढेपनि आज यी कम्पनीका लगानीकर्ता निराश

अर्थ संसार

विहीबार, १८ साउन २०८०, १५ : २४ मा प्रकाशित

नेप्से बढेपनि आज यी कम्पनीका लगानीकर्ता निराश

आज (बिहिबार) नेप्सेमा झिनो अंकको बृद्धि भएको छ । आज ३ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०८९.८४ विन्दूमा कायम हुन पुगेको हो ।

नेप्से बढेपनि आज कारोबार रकम बुधबारको तुलनामा भने निकै खुम्चिएको छ । आज १ अर्ब ७८ करोड १९ लाख ४१ हजार माथिको कारोबार भएको हो ।

आज सेयर बजारमा सामान्य सुधार आएपनि प्रोग्रेशिभ फाइनान्सको सेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको आज ५.१९ प्रतिशतले सेयरमूल्य घटेको छ ।

त्यस्तै, गणपति लघुवित्त, कामना सेवा विकास बैंक, १०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट डिभेञ्चर २०८२, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स लिमिटेडलगायतका अन्य कम्पनीहरुको सेयरमूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको