Like us!
Follow us!
Connect us!
Watch us!

सोनापुर मिनरल्सको प्रिमियम सहित आईपीओ साउन २९ देखि

अर्थ संसार

आइतबार, २१ साउन २०८०, ०८ : ४१ मा प्रकाशित

सोनापुर मिनरल्सको प्रिमियम सहित आईपीओ साउन २९ देखि

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।  कम्पनीले साउन २९ गतेदेखि पहिलो चरणको आईपीओमा आवेदन खुलाउने भएको हो । पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन हुनेछ। 

सोनापुर मिनरल्सले आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

प्रिमियम सहितको आईपीओ
उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दालाई लागि अंकित मूल्य १०० मा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रति सेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्काशन गर्न लागिएको हो। 

तेस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १० प्रतिशतले १० लाख ७६ हजार २६८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा निष्काशन गर्न लागेको हो।

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १० लाख ७६ हजार २६८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कहिले सम्म दिने आवेदन ?

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा भदौ ११ गते हुनेछ भने ढिलोमा भदौ २६ गते हुनेछ। तेस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने भदौ ११ गतेभित्र आवेदन दिनु पर्नेछ।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

कहाँबाट दिने आवेदन ?

स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ्ग 
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको