Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको नाफा बढेपनि खराब कर्जाको असर रिपोर्टमा

अर्थ संसार

आइतबार, २१ साउन २०८०, ०९ : ०२ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको नाफा बढेपनि खराब कर्जाको असर रिपोर्टमा

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।रिपोर्टमा खराब कर्जाको प्रभाव देखिएको छ। 

खुद नाफा
समीक्षा अवधिसम्म बैंकले ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ। यो ४६.२६ कोवृद्धि हो।अघिल्लो वर्षको यहि अवधिसम्म बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा रहेको थियो।

खुद ब्याज आम्दानी

बैंकको खुद ब्याज आम्दानी बढाएर  १७ अर्ब ११ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १० अर्ब २८ करोड रुपैयाँ रहेको थियो। यो ६६.३६ प्रतिशतले बढेको हो। 

सञ्चालन मुनाफा

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १० अर्ब ३६ करोड रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यहिँ अवधिसम्म मुनाफा  ७ अर्ब १८ करोड रुपैयाँ थियो। यो  ४४.२६ प्रतिशतले बढेको छ। 

वितरणयोग्य मुनाफा

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा रहेको छ। यसले  बैंकको लाभांश क्षमता ८ प्रतिशत माथि रहेको देखाउँछ। 

खराब कर्जा अनुपात (एनपीएल)

गत आर्थिक वर्षको समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.०८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.२८ प्रतिशत मात्र रहेको थियो। 

इम्पेयरमेन्ट चार्ज 

 इम्पेयरमेन्ट चार्ज  बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष  इम्पेयरमेन्ट चार्ज केबल ४६ करोड ६४ लाख रुपैयाँ रहेको थियो। 

प्रति सेयर आम्दानी(ईपीएस)

बैंकको प्रति सेयर आम्दानी भने झिनो अंकले घटेको छ। समीक्षा अवधिमा बैंकको (ईपीएस) २०.७७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २०.८४ रुपैयाँ थियो

मूल्य आम्दानी अनुपात

८.९६ गुणा

प्रति सेयर नेटवर्थ

१६४ रुपैयाँ ५ पैसा 

चुक्ता पूँजी

३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ

जगेडा कोष

२२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ सञ्चित रहेको छ। 

निक्षेप संकलन र कर्जा परिचालन

समीक्षा अवधिमा बैंकले ४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको