Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्त घाटामा : खराब कर्जा बढ्यो, आम्दानी घट्यो

अर्थ संसार

बुधबार, २४ साउन २०८०, ०८ : ०१ मा प्रकाशित

लक्ष्मी लघुवित्त घाटामा : खराब कर्जा बढ्यो, आम्दानी घट्यो

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

खुद नाफा
समीक्षा अवधिसम्म लघुवित्तको खुद नाफा ऋणात्मक अर्थात लघुवित्त घाटामा रहेको देखिएको छ। असार मसान्तसम्ममा लघुवित्तको खुद घाटा ८ करोड ३४ लाख रुपैयाँ  रहेको छ। अघिल्लो वर्ष लघुवित्तकोनाफा १५ करोड ९० लाख रुपैयाँ रहेको थियो।

कसरी कम्पनी गर्यो घाटामा ?

लक्ष्मी लघुवित्त घाटामा जानुको मुख्य कारण भनेकै खुद ब्याज आम्दानी घट्नु र  निष्क्रिय कर्जा बढ्नु देखिएको छ। 

खुद ब्याज आम्दानी
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.३२ प्रतिशत घटेको छ .समिक्षा अवधिमा ३६ करोड ६९ मात्र आम्दानी गरेको लघुवित्तको देखिएको छ जुन अघिल्लो आर्थिक वर्षमा ५३ करोड ४३ लाख रहेको छ। 

सञ्चालन घाटा

८ करोड ३० लाख ६४ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ 

खराब कर्जा
३.२७ प्रतिशतबाट ५.०९% ले बढेर ८.३६% पुगेको छ। 

प्रतिसेयर आम्दानी
१८ रुपैयाँ ८१ पैसा ऋणात्मक (-१८.९१)

प्रति सेयर नेटवर्थ
१७९ रुपैयाँ १ पैसा

चुक्ता पूँजी

४४ करोड १६ लाख रुपैयाँ

जगेडा कोष
३४ करोड ८९ लाख रुपैयाँको सञ्चित छ। २०.७९ प्रतिशत घटेको हो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको