Like us!
Follow us!
Connect us!
Watch us!

पाँच वर्ष पुरानो भुक्तानी लिन बाँकी लाभांश बुझिलिन सेयरधनीलाई एभरेष्ट बैंकको आग्रह

अर्थ संसार

विहीबार, २५ साउन २०८०, ११ : २७ मा प्रकाशित

पाँच वर्ष पुरानो भुक्तानी लिन बाँकी लाभांश बुझिलिन सेयरधनीलाई एभरेष्ट बैंकको आग्रह

एभरेष्ट बैंकले भुक्तानी लिन बाँकी ५ वर्ष पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ। 

बैंकले आज (बिहिबार) एक सूचना प्रकाशित गरि आर्थिक वर्ष २०५५–५६ देखि २०७४–७५ सम्मको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको हो ।

बैंकले साधारण सेयरतर्फ यो अवधिको कुल ३ करोड २ लाख १५ हजार ६१८.२९ रुपैयाँ र अग्राधिकार सेयरतर्फ १ लाख ८६ हजार ३५०.७३ रुपैयाँ नगद लाभांश सेयरधनीहरुले भुक्तान लिन बाँकी छ ।

बैंकले आफ्नो सेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिएर बैंकको सेयर शाखामा नगद लाभांश रकम भुक्तानी लिन सकिने जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको