Like us!
Follow us!
Connect us!
Watch us!

म्युचुअल फण्डहरुले बैंकको पनि गुमायो विश्वास, एनआईसी एशिया बैंकले भन्यो फण्डका इकाईलाई लोन नदिनु

अर्थ संसार

शनिबार, २७ साउन २०८०, १० : २७ मा प्रकाशित

म्युचुअल फण्डहरुले बैंकको पनि गुमायो विश्वास, एनआईसी एशिया बैंकले भन्यो फण्डका इकाईलाई लोन नदिनु

मार्केट मेकरका रुपमा परिचित हुन् पर्ने म्युचुअल फण्डहरुलाई हेर्न नजर बजारमा अहिले बेग्लै बनेको छ। फण्डका गतिविधिहरुका सर्वसाधारण लगानीकर्ताहरु पट्टकै खुसी छैनन् र बजारमा लगानीकर्ताको असन्तुष्टिलाई नियाल्दै गएको बजारको नियामक  नेपाल धितोपत्र बोर्ड (सेबोन) पनि म्युचुअल फण्डलाई दिएको सेवा कटौती गर्ने सोचमा पुगेको छ। 

म्युचुअल फण्डहरुलाई आइपिओ आरक्षण वापत दिएको कोटा सेयरलाई फण्डहरुले सर्वसाधारणलाई प्यानिक बनाउने र कमाई खाने भाडो बनाएको समाचारहरु तथ्य सहित अर्थसंसारले पटक पटक प्रकाशन गरेको छ। 

कहिले ठूला कित्ताको सप्लाई नभएको मौका पारेर पहिलो दिन नै ठुलो सङ्ख्यामा आफ्नो कित्ता बेचेर बजार प्यानिक बनाउने, कहिले ठूलो सप्लाई सेलिङ्गमा राखेर सेयर मूल्य झर्ने आरोप फण्डलाई लाग्ने गरेको छ। 

लगानीकर्ताहरूले लामो समयदेखि म्युचुअल फण्डलाई आईपीओमा कोटा खारेज गर्नुपर्ने माग राख्दै आएका थिए। यसघि यो आवाजलाई नजर अन्दाज गरेरको धितोपत्र बोर्ड पनि यो फण्डका गतिविधिले आजित भएर यिनलाई दिएको आइपिओ सेयरमा दिएको आरक्षण हटाउनुपर्छ भने किसिमबाट छलफल बढेको धितोपत्र बोर्डका एक अधिकारीले अर्थसंसारलाई जानकारी गराएका थिए। 

अधिकाश फण्डहरु बैंक अन्तर्गत नै चलेको हुने गर्छ।  तर  यी फण्डलाई अब आफैँ बैंकले पनि विश्वास गर्ने छाडेका छन्। यो कुरा एनआईसी एशिया बैंक लिमिटेडले आन्तरिक रुपमा जारी गरेको सर्कुलरबाट प्रमाणित भएको छ। 

 एनआईसी एशिया बैंकले यस अघि दिने गरेका म्युचुअल फण्डहरुका इकाइहरुलाई दिने गरेको सेयर लोन बन्द गरेको गरेको छ।

बैंकले आफ्ना कर्मचारी र शाखालाई जारी गरेको सर्कुलरका अब उप्रान्त म्युचुअल फण्डहरुका इकाईलाई सेयर मार्जिन लोन नदिनु भनेको छ। 

सर्कुलरबाट नि प्रस्तै हुन्छ म्युचुअल फण्डहरुलाई बैंक आफैँले पनि विश्वास गुमाउन थालेका छन्।  जसका कारण उनीहरुले फण्डमा  हुने ऋण लगानीलाई रिक्स देखेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको