Like us!
Follow us!
Connect us!
Watch us!

सर्वसाधारणलाई मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ खुला, प्रतिमेगावाट लागत २७.८७ करोड

अर्थ संसार

आइतबार, २८ साउन २०८०, ०९ : २४ मा प्रकाशित

सर्वसाधारणलाई मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ खुला, प्रतिमेगावाट लागत २७.८७ करोड

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुलाएको छ। कम्पनीले आज साउन २८ गतेदेखि आईपीओ खुला गरेको हो। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो।  

सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्काशन हुदैँछ। स्थानीयको सेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन हुनेछ। 

कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो। 

तेस्तै पहिलो चरणमा २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारमा  रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।

४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र १ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुटाइएको छ। 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

कहिलेसम्म दिने आवेदन ?

साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १० गतेसम्म आवेदन दिन सक्ने। 

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ।

रेटिङ्ग 

केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रोजेक्ट र लागत 

कम्पनीले ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ जसको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २७ करोड ८७ लाख १५ हजार रुपैयाँ रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ११.५८ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २७.७८ वर्ष रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको