Like us!
Follow us!
Connect us!
Watch us!

कति मुल्यमा भयो थ्रीस्टार हाइड्रोपावर  र अप्पर साँङ्गे हाइड्रोपावरको पहिलो कारोबार ?

अर्थ संसार

आइतबार, २८ साउन २०८०, ११ : २२ मा प्रकाशित

कति मुल्यमा भयो  थ्रीस्टार हाइड्रोपावर  र अप्पर साँङ्गे हाइड्रोपावरको पहिलो कारोबार ?

आज  स्पेशल प्रि ओपन सेसनमा घोराही सिमेन्ट सहित  थ्रीस्टार हाइड्रोपावर  र अप्पर साँङ्गे हाइड्रोपावरको पहिलो कारोबार भएको छ।

आज (साउन २८) गते  स्पेशल प्रि ओपन सेसनमा घोराहीको सेयर प्रतिकित्ता ५६५ रुपैयाँ ५० पैसामा ,थ्रीस्टार हाइड्रोपावरको २५५ रुपैयाँ र अप्पर साँङ्गे  को २५३ रुपैयाँ ६० पैसामा पहिलो कारोबार भएको छ।

यी तीनै कम्पनीका सेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सले घोराहीको पहिलो कारोबारको लागि न्युनतम २२६ रुपैयाँ ६१ पैसा देखि ६७९ रुपैयाँ ८३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। त्यसैगरी, नेप्सेले थ्रीस्टार हाइड्रोपावरलाई न्युनतम ८५ रुपैयाँ ६५ पैसा देखि २५६ रुपैयाँ ९५ पैसा र अप्पर साँङ्गे हाइड्रोपावरलाई न्युनतम ८४ रुपैयाँ ५४ पैसा देखि २५३ रुपैयाँ ६२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको