Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर लोहोरे हाइड्रोको आईपीओ बाँडफाँड : तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् रिजल्ट

अर्थ संसार

सोमबार, २९ साउन २०८०, १७ : ५० मा प्रकाशित

अप्पर लोहोरे हाइड्रोको आईपीओ बाँडफाँड : तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् रिजल्ट

अप्पर लोहोरे हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) आज साउन २९ गते, साेमबार बाँडफाँड गरिएकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओकाे बाँडफबाँड अहिले साँझ ५ बजे बत्तीसपुतलीमा भएकाे थियाे । 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म कुल  १३ लाख ६१ हजार १ सय ५४ जना लगानीकर्ताहरूले आवेदन दिएका थिए । जसमध्ये, १२ लाख ८३ हजार ५ सय ९६ जनाको आवेदन मात्रै योग्य रहेकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा १ लाख ९५ हजार ३ सय २७ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पारेका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । 

कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर सर्वसाधारण लागि छुट्याएको थियो। जसमध्य १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशिक राजोगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरियो भने  ३९ हजार ७६५ कित्ता  कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ । कम्पनीले आयोजना प्रभाविन क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर पनि सर्वसाधारणका लागि थप गरी निष्कासन गरेकाे थियाे ।

तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् रिजल्ट

कम्पनीकाे आईपीओको नतिजा केही समयपछि प्रकाशन गरिनेछ ।   नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिन्छ । सीडीएस एण्ड क्लियरिङले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट www.iporesult.cdsc.com.np, निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडकाे वेबसाइट,  अप्पर लोहोरे हाइड्रोको वेबसाइट र मेराे सेयरबाट हेर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको