Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली सर्टिफिकेट : सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ

अर्थ संसार

सोमबार, २९ साउन २०८०, १८ : २६ मा प्रकाशित

नक्कली सर्टिफिकेट : सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ

अहिले जताततै नक्कली सर्टिफिकेटको चर्चा चलिरहेको छ ।   ठूला दलका नेता, डाक्टर, सांसददेखि प्रतिष्ठित पदमा बसेका व्यक्तिहरूको नक्कली सर्टिफिकेटको छानबिन धमाधम भइरहेको छ ।

यसैबीच नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन् । बैंकका विभिन्न शाखामा कार्यरत कर्मचारीलाई नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले जानकारी दिएका छन् । 

पक्राउ पर्नेमा मनिषा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमन्दा गौतम र दीपक विष्ट रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको