Like us!
Follow us!
Connect us!
Watch us!

खर्च घटाएर सिईडिबि हाइड्रोपावरले बढायो ५५ पैसा ईपीएस

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, ०९ : १४ मा प्रकाशित

खर्च घटाएर सिईडिबि हाइड्रोपावरले बढायो ५५ पैसा ईपीएस

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा

समिक्षा अवधिमा यस कम्पनीको नाफा सामान्य बढेको छ। गत आर्थिक वर्षमा कम्पनीले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्यो। अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा रहेको थियो।

खर्च घटाएर नाफामा सामान्य सुधार 

सिईडिबिको नाफामा सामान्य सुधार हुनमा कम्पनीले खर्च घटाउन सक्नु प्रमुख आधार देखिन्छ। गएको वर्ष कम्पनीको खर्च १ करोड ६८ लाख रहेको छ जुन अघिल्लो वर्ष १ करोड ९७ लाख रहेको थियो।  तेस्तै कम्पनीको ब्याज खर्च पनि उल्लेखिए घटाएको छ। अघिल्लो वर्ष ३० लाखको ब्याज खर्च यो वर्ष १४ लाखमा झरेको छ। 

कम्पनीको सेवा, ब्याज तथा कमिशन आम्दानी घट्यो 

समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज तथा कमिशन आम्दानी घटेर १६ करोड ९ लाख रुपैयाँ मात्र कमाएको छ। अघिल्लो वर्ष यो आम्दानी १७ करोड ७ लाख रहेको थियो जुन ५.७३ प्रतिशतले घटेको हो। 

प्रति सेयर आम्दानी
५५ पैसा बढेर १४ रुपैयाँ ४ पैसा 

 प्रति सेयर नेटवर्थ
६० रुपैयाँ ३२ पैसा

 मूल्य आम्दानी अनुपात
 ६४.४ गुणा 

 चुक्ता पूँजी
८३ करोड ९४ लाख रुपैयाँ

जगेडा कोष
५० करोड ६३ लाख रुपैयाँको सञ्चित

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको