Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोको हकप्रद बाँडफाँड, १३ लाख ३६ हजार कित्ता सेयर लिलामीमा आउने

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, १० : ३२ मा प्रकाशित

नेशनल हाइड्रोको हकप्रद बाँडफाँड, १३ लाख ३६ हजार कित्ता सेयर लिलामीमा आउने

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले असार २९ देखि साउन १८ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद सेयर बाँडफाँड गरिएकाे छ । कम्पनीले हिजाे (साउन ३० गते, मंगलबार) हकप्रद सेयर बाँडफाँड गरेकाे हाे ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १:०.५० को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ५० प्रतिशतले हुन आउने ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८  कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूलाई  ६८ लाख ८४ हजार ७ सय १७ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएकाे कम्पनीले जनाएकाे छ । जस अनुसार अब नबिकेकाे १३ लाख ३६ हजार ५ सय ४२ दशमलव ७१७८ कित्ता हकप्रद कम्पनीले लिलाम बढाबढ गरी बिक्री गर्नेछ ।

कम्पनीकाे हकप्रद सेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धककाे काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेकाे थियाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको