Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकोशीको वित्तीय अपडेट : नोक्सानी अझै बढ्याे, ईपीएस ३५ रुपैयाँ ४९ पैसा ऋणात्मक

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, १२ : १४ मा प्रकाशित

अपर तामाकोशीको वित्तीय अपडेट : नोक्सानी अझै बढ्याे, ईपीएस ३५ रुपैयाँ ४९ पैसा ऋणात्मक

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नाेक्सानी

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नोक्सानी ३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीको नोक्सानी २ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ रहेकाे थियो। कम्पनीको वित्तीय खर्च बढेका कारण खुद नोक्सानी पनि अझै बढ्न पुगेको हो।

वित्तीय खर्च

समिक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ५ अर्ब ७७ करोड रुपैयाँबाट बढेर ७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

विद्युत बिक्री आम्दानी

कम्पनीकाे विद्युत् बिक्रीबाट हुने आम्दानी भने १४.२१ प्रतिशतले बढेर ८ अर्ब १२ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७ अर्ब ११ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

चुक्ता पूँजी

कम्पनीकाे चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेकाे छ ।

रिटेन्ड अर्निङ्ग

कम्पनीको अन्य रिटेन्ड अर्निङ्ग ६ अर्ब ९१ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको छ।

ईपीएस

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३५ रुपैयाँ ४९ पैसा ऋणात्मक रहेको छ ।

कम्पनीकाे प्रतिसेयर नेटवर्थ

कम्पनीकाे प्रतिसेयर नेटवर्थ ३४ रुपैयाँ ६७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको