Like us!
Follow us!
Connect us!
Watch us!

चिया भन्दा सस्ताे 'हिमालयन ८०–२०' मा बिहीबारबाट लगानी गर्न सकिने

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, १५ : ५० मा प्रकाशित

चिया भन्दा सस्ताे 'हिमालयन ८०–२०' मा बिहीबारबाट लगानी गर्न सकिने

भाेलि साउन ३२ गतेबाट हिमालयन क्यापिटलले नयाँ म्युचुअल फण्ड निष्कासन गर्दैछ । हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने  पहिलो बन्दमुखी याेजना‘हिमालयन ८०–२०’ भाेलि बिहीबारबाट खुल्ने भएकाे हाे । 

नेपाली पुंजी बजारमा नविनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरि उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यले हिमालयन बैंक लिमिटेड कोष प्रवद्धक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” निष्काशन हुने भएको हाे । यस योजनाको लगानी व्यवस्थापन, धितोपत्र बोर्डबाट इजाजत प्राप्त, हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।  

सन १९९३ मा स्थापना भई विगत ३० वर्षदेखि आफ्ना ग्राहक वर्गमा विभिन्न सेवा प्रदान गर्दै आएको हिमालयन बैंक लिमिटेड देशको अग्रणी वित्तिय संस्था मध्ये स्थापित हुन सफल रहेको छ । कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले यस सामुहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुंजी बजारको नविनतम तथा उत्तम अभ्यासहरू अपनाई गर्नेछ ।

क्यापिटलले १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाइ बिक्री गर्न लागेकाे हाे । निष्कासन गरिने कुल इकाईमध्ये १५ प्रतिशत अथवा १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्नेछ ।

कति गर्ने लगानी ?

याे फण्डमा लगानी गर्दा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

कहिलेसम्म गर्ने लगानी ?

लगानीकर्ताले याे फण्डमा लगानी गर्न छिटाेमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा सबै इकाई बिक्री नभएमा ढिलाेमा भदौ १५ गतेसम्म आवेदन खुला रहनेछ । 

यस “हिमालयन ८०–२०” नामक योजनाको कुल लगानी मध्ये ८०% पुंजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २०% पुंजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरि लगानी कर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरि संचालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटलले जनाएको छ ।   


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको