Like us!
Follow us!
Connect us!
Watch us!

कार्यालयमै पुगेर लगानीकर्ताले गराए सेबोनलाई ध्यानाकर्षण, ३ कुरामा जोड

अर्थ संसार

विहीबार, ३२ साउन २०८०, १२ : ०१ मा प्रकाशित

कार्यालयमै पुगेर लगानीकर्ताले गराए सेबोनलाई ध्यानाकर्षण, ३ कुरामा जोड

केही सेयर लगानीकर्ताहरूले आज नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालय पुगी सेबोनलाई ध्यानाकर्षण गराएका छन् । लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा सेबोन पुगेका टोलीले बोर्डलाई मुख्य ३ वटा कुरामा ध्यानाकर्षण गराएका हुन् ।

सर्वप्रथम लगानीकर्ताहरूले सेबोनलाई कमजोर वित्तीय अवस्था भएका कम्पनीलाई महँगो मूल्य (प्रिमियम) मा आईपीओ निष्कासन गर्ने अनुमति दिँदै आर्थिक चलखेल गरेर लगानीकर्ता फस्ने कार्य नगर्न ध्यानाकर्षण गराएका छन् ।

दोश्रोमा लगानीकर्ताहरूले बजारमा हप्तै पिच्छे आईपीओ निकालेर सप्लाई बढाउने काम भन्दा पनि संस्थागत लगानीकर्तालाई भित्र्याउन जोड दिन ध्यानाकर्षण गराएका छन् ।

त्यसैगरी, लगानीकर्ताहरूले सिमित व्यवसायीको स्वार्थपूर्तिका लागि भन्दा पनि लगानीकर्ताको हक र हितका लागि काम गर्न सेबोनलाई ध्यानाकर्षण गराएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको