Like us!
Follow us!
Connect us!
Watch us!

क्यापिटल म्याक्स र सनराईज क्यापिटलबीच पोर्टफोलियो व्यवस्थापनको सम्झौता, ग्राहकलाई ५०% छुट

अर्थ संसार

विहीबार, ३२ साउन २०८०, १६ : ४८ मा प्रकाशित

क्यापिटल म्याक्स र सनराईज क्यापिटलबीच पोर्टफोलियो व्यवस्थापनको सम्झौता, ग्राहकलाई ५०% छुट

धेरै कम अनुभवी र व्यस्त लगानीकर्ताहरुको हितलाई मध्यनजरमा राखेर क्यापिटल म्याक्स सेक्युरिटिजले सनराईज क्यापिटलसँग पोर्टफोलियो व्यवस्थापनको सम्झौता गरेको छ । यस सम्झौता अनुरुप अब हरेक क्यापिटल म्याक्सका ग्राहकहरुलाई सनराईज क्यापिटलले पोर्टफोलियो व्यवस्थापनमा ५०% छुट दिनेछ।

यसरी भारी छुट दिएर पोर्टफोलियो व्यवस्थापन गरीदिने सो सम्झौता अनुरुप सनराईज क्यापिटलले दक्ष तथा अनुभवी जनशक्ति प्रयोग गर्ने र ८% सम्मको मुनाफा हरेक वर्ष नभएसम्म कुनैपनि पर्फमेन्स शुल्क नलिने कुरा सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले जनाए ।

यस व्यवस्थापन अनुरुप शेयर बजारमा हुने अनियमित उतारचढावबाट सिर्जना हुन सक्ने जोखिम र अनिश्चितताको सनराईज क्यापिटलले धेरै हदसम्म न्युनिकरण गरिदिने बिश्वास क्यापिटल म्याक्स सेक्युरिटिजका कार्यकारी अध्यक्ष अतित लाल श्रेष्ठले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको