Like us!
Follow us!
Connect us!
Watch us!

सिड इनर्जीले डाक्यो साधारण सभा, प्रिमियममा आईपीओ निष्कासन गर्ने

अर्थ संसार

बुधबार, २७ भदौ २०८०, १२ : २१ मा प्रकाशित

सिड इनर्जीले डाक्यो साधारण सभा, प्रिमियममा आईपीओ निष्कासन गर्ने

सिड इनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको दोश्रो वार्षिक साधारण सभा असोज १७ गते, बुधबार होटल स्क्वायर, पुलचोक ललितपुरमा दिउँसो २ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीले सर्वसाधारणहरूका लागि प्रिमियममा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिन्छ ।

कम्पनीले साधारण सभामा पारित गर्न लागेकाे एजेन्डाहरू तलका बुँदाहरूमा उल्लेख गरिएकाे छ :

सामान्य प्रस्तावहरुः

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०७९ ०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षण प्रतिवेदन सहितको २०८० आषाढ मसान्त सम्मको वासलात सोही मितिमा समाप्त भएको आ. व. २०७९/०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाहको विवरण र सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने

३) सञ्चालक समितिले आ. व. २०७९ / ०८० मा गरेका निर्णयहरु तथा कार्यहरुको अनुमोदन गर्ने ।

४) आर्थिक वर्ष २०८० / ०८१ को लेखा परीक्षण गर्नकालागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने । हाल बहालवाला लेखापरीक्षक नियुक्तिकालागि योग्य हुनुहुन्छ ।

विशेष प्रस्तावहरु :

(१) कम्पनीको अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने र सोही बमोजिम प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने सम्बन्धमा ।

२) कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको विभिन्न दफा तथा नियमहरुमा संशोधन गर्ने सम्बन्धमा ।

३) कम्पनीको प्रवन्धपत्र तथा प्रचलित धितोपत्र सम्बन्धी कानूनमा भएको व्यवस्था बमोजिम सर्वसाधारणलाई छुट्याएको शेयर अंकित मूल्य वा प्रिमियम सहितको मूल्यमा सार्वजनिक निष्काशन गर्ने ।

४) प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, फेर बदल वा परिमार्जन गर्न निर्देशन सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

५) विविध ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको