Like us!
Follow us!
Connect us!
Watch us!

सिड इनर्जीले डाक्यो साधारणसभा, सार्वजनिक निष्काशनलाई निरन्तरता

अर्थ संसार

सोमबार, २१ असोज २०८१, १९ : ३१ मा प्रकाशित

सिड इनर्जीले डाक्यो साधारणसभा, सार्वजनिक निष्काशनलाई निरन्तरता

सिड इनर्जी लिमिटेडले साधारणसभा आवहान गरेको छ। कम्पनीको आश्विन १५ गते बसेको संचालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारणसभा कार्तिक ०९ गते शुक्रबार दिनको २ बजे बस्ने तय गरेको हो । 

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, जावलाखेल ललितपुरमा बोलाइएको छ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन,लेखापरीक्षण प्रतिवेदन सहितको २०८१ आषाढ मसान्त सम्मको वासलात, सोही मितिमा समाप्त भएको आ. व. २०८०/०८१ को नाफा/ नोक्सान हिसाव तथा नगद प्रवाहको विवरण र सोसंग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। 

यस बाहेक सञ्चालक समितिले गत आवमा गरेका निर्णयहरु तथा कार्यहरुको अनुमोदन गर्ने, २०८१/०८२ को लेखा परीक्षण गर्नकालागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र  स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ। 

कम्पनीले विविध शिर्षकमा सार्वजनिक निष्काशन निरन्तरता सम्बन्धि प्रस्ताव पनि सभा प्रेश गर्ने छ। 
 

6703e891b2aa4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको