Like us!
Follow us!
Connect us!
Watch us!

महिला विश्वकपको फाइनल आज : इङ्ल्यान्ड र स्पेन उपाधिका लागि भिड्दै

अर्थ संसार

आइतबार, ०३ भदौ २०८०, ०७ : ५६ मा प्रकाशित

महिला विश्वकपको फाइनल आज : इङ्ल्यान्ड र स्पेन उपाधिका लागि भिड्दै

महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुदैँछ। फाइनलमा आज इङ्ल्यान्ड र स्पेन उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । यो खेल अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ। 

यस महिला विश्वकपको नवौँ संस्करणमा घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३-१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । तेस्तै स्पेनले स्विडेनलाई २-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । 

महिला विश्वकप अमेरिकाले चार पटक जितेको छ तर यो पटक राउण्ड १६ बाट अमेरिका बाहिरियो।  तेस्तै दुई पटक विश्वकप जितेको जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । एक पटक विश्वकप जितेको नर्वे राउण्ड १६ मा जापानसँग र  एकै पटक विश्वकप जितेको जापान क्वाटरफाइनलमा स्विडेनसँग पराजित हुँदै बाहिरियो। यो सँगै यसपटक अहिले सम्म विश्वकप उपाधि नौचालेको राष्ट्रले विश्वकप उचाल्ने छ। 

विश्वकपमा ३२ राष्ट्रको सहभागिता छ भने झण्डै पुरस्कार झन्डै १५ करोड २० लाख डलर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको