सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्राेपावर लिमिटेड बीच साधारण सेयर (आईपीओ) निष्कासन सम्बन्धी सम्झौता भएकाे छ ।
आज एक समारोहबीच सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्राेपावर लिमिटेड बीच खिचापोखरी, काठमाण्डौमा साधारण सेयर निष्कासन सम्बन्धी सम्झौता भएको हाे । उक्त सम्झौतामा ठूलो खोला हाइड्राेपावर लिमिटेडका तर्फबाट संचालक स्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्राेपावर लिमिटेडको सार्वजनिक निष्कासन गर्नेछ ।
ठूलो खोला हाइड्राेपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस