मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) आज जेठ ३ गते, आइतबार बाँडफाँड गरिएकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार उक्त आईपीओकाे बाँडफबाँड अहिले साँझ ५:३० बजे भएकाे थियाे ।
कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म कुल १३ लाख १६ हजार ५ सय २९ जना लगानीकर्ताहरूले आवेदन दिएका थिए । जसमध्ये, १३ लाख ११ हजार ५ सय १७ जनाको आवेदन मात्रै योग्य रहेकाे थियाे ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा २ लाख २७ हजार ६ सय ६२ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पारेका छन् । । बाँकीको भने हात खाली भएकाे छ ।
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्कासन गरेकाे थियाे । स्थानीयको सेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको थियाे ।
कम्पनीकाे आईपीओको नतिजा केही समयपछि प्रकाशन गरिनेछ । नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिन्छ । सीडीएस एण्ड क्लियरिङले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट www.iporesult.cdsc.com.np, निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडकाे वेबसाइट, मनकामना इन्जिनियरिङ्गको वेबसाइट र मेराे सेयरबाट हेर्न सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस