नेपाल धितोपत्र बोर्ड(सेबोन)ले भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ ।
यस कम्पनीलाई बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । अब यस कम्पनीले दुई चरण गरेर अर्थात पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ खुला गर्नेछ।
यस कम्पनीको आइपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले गर्दैछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस