Like us!
Follow us!
Connect us!
Watch us!

७ कम्पनीको हकप्रद आउँदै, नयाँ दर्ता हुन छाड्यो

अर्थ संसार

विहीबार, ०७ भदौ २०८०, १३ : ४० मा प्रकाशित

७ कम्पनीको हकप्रद आउँदै, नयाँ दर्ता हुन छाड्यो

निकट भविष्यमा नै ७ वटा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएका छन् ।  किनकी यतिबेला विभिन्न ७ वटा कम्पनी हकप्रद सेयर निष्कासन गर्ने अनुमतिका लागि सेबोनको पाइपलाइनमा रहेका छन् ।

७ वटा कम्पनीमध्ये ६ वटा हाइड्राेपावर र एउटा विकास बैंक रहेकाे छ । 

हकप्रद निष्कासनका लागि सेबाेनकाे पाइपलाइनमा रहेका कम्पनीहरूकाे विवरण तल उल्लेख गरिएकाे छ :

१. नारायणी डेभलपमेन्ट बैंक लिमिटेड

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न गत वर्षकाे भदाै ९ गते, बिहीबार नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे हाे । बैंकले हकप्रद निष्कासन प्रयाेजनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

२. रिडी पावर कम्पनी लिमिटेड

रिडी पावर कम्पनी लिमिटेडले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि यही साउन २४ गते नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे थियाे । कम्पनीले १ः०.५ अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्कासन गर्न लागेकाे हाे । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

३. घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेड

घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्ता पूँजीकाे २०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि यही असार १८ गते नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे थियाे । कम्पनीले १ः२ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा एक कराेड १० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेकाे हाे । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

४. छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि यही जेठ २२ गते नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे थियाे ।  कम्पनीले १:१ काे अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता  हकप्रद निष्कासन गर्न लागेकाे हाे । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । 

५. सिंगटी हाइड्रोपावर कम्पनी लिमिटेड

सिंगटी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि यही असार २७ गते नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे थियाे ।  कम्पनीले १:१ काे अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा १ करोड ४५ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेकाे हाे । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

६. अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि यही साउन २४ गते नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे थियाे । कम्पनीले १ः१ अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता हकप्रद निष्कासन गर्न लागेकाे हाे । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

७. हिमालयन उर्जा विकास कम्पनी लिमिटेड

हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न असार ३१ गते, धिताेपत्र बाेर्डमा निवेदन दिएकाे हाे । कम्पनीले १:१ काे अनुपातमा प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९९ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीले साेही हकप्रद निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेकाे  छ ।

नयाँ दर्ता हुन छाड्यो

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ  हकप्रद दर्ता गर्न छाडेको छ । धितोपत्र बोर्डले केही समयका लागि नयाँ हकप्रद सेयर दर्ता गर्ने प्रक्रिया रोकेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिएका थिए । उनका अनुसार हकप्रद दर्ताको प्रक्रिया नै नयाँ हिसाबले गर्ने की के गर्ने भनेर केही समयका लागि हकप्रद सेयर दर्ता गर्ने प्रक्रिया रोकिएको हो । अहिलेका लागि क्यापिटलहरूलाई पनि आफूहरूले फाइल रोक्न लगाएको उनले बताए । धितोपत्र बोर्डले छिट्टै नै यस विषयमा निर्देशिका जारी गर्न लागेको पनि उनले जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको