Like us!
Follow us!
Connect us!
Watch us!

भगवती हाइड्रोपावरको प्रिमियममा आईपीओ: आवेदन दिने आज अन्तिम मौका

अर्थ संसार

शुक्रबार, ०८ भदौ २०८०, ०८ : १० मा प्रकाशित

भगवती हाइड्रोपावरको प्रिमियममा आईपीओ: आवेदन दिने आज अन्तिम मौका

भदौ ५ गतेदेखि सर्वसाधारणलाई खुला भएको  भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दोस्रो चरणको आईपीओ आज भाद्र ८ गते बन्द हुने भएको छ । अर्थात आज सम्म आवेदन दिनेले मात्र यस कम्पनीको आईपीओ पाउने सम्भावना हुनेछ। 

पहिलाे चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा  बाँडफाँट पछ्यात सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्काशन गरिएको हो। 

कम्पनीले आफ्नो जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको सूचनामा उल्लेख छ ।

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता
अधिकतम -५००० कित्ता 

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको  ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

रेटिङ्ग 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रोजेक्ट र लागत 

कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको