Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमा गर्ने मानिसहरुको संख्या बढ्दै जानुमा पर्नेमा घट्दै जानुको अर्थ के हुन सक्छ ?

निनाम लोवात्ती

अर्थ संसार

शुक्रबार, ०८ भदौ २०८०, १२ : १३ मा प्रकाशित

जीवन बीमा गर्ने मानिसहरुको संख्या बढ्दै जानुमा पर्नेमा घट्दै जानुको अर्थ के हुन सक्छ ?

गत वर्ष ७ लाख ६८ हजारभन्दा बढी संख्यामा जीवन बीमा अभिकर्ताहरुले लाइसेन्स लिएका थिए । तर ‘राष्ट्रिय बीमा समिति’को वृहत रुप ‘बीमा प्राधिकरण’ गठन भएपछि  बीमा प्राधिकरणले एकीकृत सूचना प्रणाली कडाईका साथ लागू गर्यो । त्यसपछि पूरानो संख्या जुन ७ लाख ६८ हजारभन्दा बढी थिए, स्वात्तै घटे ।

प्रश्न उठ्छ, त्यत्तिका जीवन बीमा अभिकर्ताहरु कहाँ हराए, किन हराए ? हुनत एकैचोटि दोब्बरभन्दा बढी संख्यामा जीवन बीमा अभिकर्ताहरु हराउनुको अनेकौं कारणहरु होलान् नै । तापनि एकैचोटि ठूलो पैमानामा जीवन बीमा अभिकर्ताहरु हराउनुका मुख्य कारणहरुमा आफ्नो जीवन बीमा गरेको कमिसन आफै खानका लागि मात्रै जीवन बीमा अभिकर्ता बनेकाहरु, दोहोरो लाइसेन्स लिएका र अभिकर्ता लाइसेन्स लिएर एक जना (कसैलाई) लाई पनि जीवन बीमा गराउन नसकी निष्क्रिय रहेका जीवन बीमा अभिकर्ताहरका कारण हुन् । 

प्राधिकरणले २०८० को असार मसान्तसम्ममा जीवन बीमा क्षेत्रमा लागेका अभिकर्ताले आफ्नो अभिकर्ता लाइसेन्स नवीकरण नगरे स्वतः खारेज हुने नेपाल बीमा प्राधिकरणले सूचना जारी गरेको थियो भने नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई सोहीअनुसार सर्कुलर जारी गरेको थियो । स्मरणीय छ, बीमा ऐन–२०७९ लागू हुनुअघि नेपालमा जीवन बीमा अभिकर्ता बनेका, लाइसेन्स लिएका र नयाँ नवीकरण गरेका अभिकर्ताको जम्मा संख्या एक लाख ७४ हजार रहेको थियो ।

एक लाख ७४ हजार जीवन बीमा अभिकर्तामध्ये एक लाख २९ हजार जीवन बीमा अभिकर्ताले मात्रै आफ्नो लाइसेन्स नविकरण गरेका थिए । थप नयाँ तथ्य–तथ्यांक र सूचना आई नसकेकोले गर्दा नेपालमा पछिल्लो पटक कति जीवन बीमा अभिकर्ताले आप्mनो लाइसेन्स नविकरण गरे ? ती मध्ये  कति जीवन बीमा अभिकर्ता सक्रिय छन् ? हचुवाकै भरमा भन्न, लेख्न सकिने कुरो भएन । 

जे होस्, नेपालमा जीवन बीमा अभिकर्तालाई पूर्णकालीन पेशा वा ‘पार्ट टाईम जब’का रुपमा कमाईको आधार बनाएर जीवन बीमा एजेन्टको लाइसेन्स लिएर काम गरिरहेका अभिकर्ताहरुका सम्बन्धमा पछिल्लो तथ्य–तथ्यांक यस्तो रहेको भए तापनि नेपालमा समग्र जीवन बीमा गर्ने मानिसहरुको संख्या भने बढेको देखिएको छ । गत जेठ महिनामा नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार जीवन बीमा गर्ने नेपालीहरुको संख्या बढेको छ । पछिल्लो पटक आएको तथ्यांकमा जनाईएअनुसार नेपालको सम्पूर्ण जनसंख्याको ४४ दशमलब २० प्रतिशतहरु मानिसले जीवन बीमा गरेका छन् । तर सो तथ्यांक शुद्ध रुपमा र सावधिक जीवन बीमा गर्नेहरुको मात्रै तथ्यांक नभएर म्यादी, लघु म्यादी, वैदेशिक रोजगार बीमा समेतको तथ्यांक हो । ‘जीवन बीमा स्किम’मा चार प्रकारका क्याटगोरीहरु रहेका छन् । जस्तै  म्यादी जीवन बीमा, लघु म्यादी जीवन बीमा, वैदेशिक रोजगार जीवन बीमा र सावधिक जीवन बीमा । 

हो, यसरी नेपालको समग्र जीवन बीमाको तथ्य–तथ्यांकहरु हेर्दा एकातिर बीमा गर्ने बीमितहरुको संख्या बढेको देखिन्छ भने, बीमितहरुको घर–आँगनमा गएर, भ्याई, नभ्याई धाएर मानिसहरुलाई बीमा गराउन प्रोत्साहित गर्ने अभिकर्ताहरुमध्ये झण्डै ४० प्रतिशत संख्या निष्क्रिय भएको, रहेको देखिएको छ । जबकि जीवन बीमा कम्पनीहरुका लागि यी अभिकर्ताहरु भनेका मेरुदण्ड नै हुन् ।

हुनत जीवन बीमा सम्बन्धी जानकारहरुका अनुसार जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएर अभिकर्ता बनेका वा जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएका अभिकर्ता (एजेन्ट) मध्ये यसरी लगभग ४० प्रतिशतले आफ्नो लाईसेन्स नै नवीकरण नर्गनुको कारण ‘नेपालमा जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएर अभिकर्ता बनेर केही कमाई गर्ने, बीमा गराएवापत आउने कमिसनले गुजारा गर्ने, जीवनमा आई पर्ने आर्थिक कठिनाइलाई समाधान गर्ने माध्यम बनाउने, सर्वसाधारण मानिसहरुलाई जीवन बीमाबारे बुझाउने, जीवन बीमा सम्बन्धी महत्वपूर्ण ज्ञान दिने साथै व्यापक रुपमा जनचेतना फैलाउनका लागि योगदान दिने भन्दा पनि आफुले गर्ने जीवन बीमाको कमिसन अरुलाई किन दिने भनी आफ्नो जीवन बीमा गरेको कमिसन आफै खानका लागि मात्रै जीवन बीमा अभिकर्ता बनेकाहरुको संख्या धेरै भएको हुनाले त्यस्ता अभिकताृ अर्थात् एजेन्टहरुले आफ्नो अभिकार्ता लाईसेन्स नवीकरण नगरेका हुनाले अभिकर्ताहरुको संख्या ह्वात्तै घटेको हो ।’ 

यसरी मानिसहरुलाई उल्टो बुद्घि दिने पनि जीवन बीमा क्षेत्रमा कार्यरत अभिकर्ताहरु नै हुन भन्ने सत्य घाम जत्तिकै छर्लङ्ग छ । तर त्यस्तो उल्टो बुद्धि दिने अभिकर्ता पनि कस्ता अभिकर्ता हुन् ? किनभने, मैले (यो लेखको पंक्तिकारले) नेपालका दुई वटा दैनिक पत्रिकामा कार्यरत पत्रकार कामरेडहरुलाई ‘जीवन बीमा गरौं न है !’ भनी पटकपटक आग्रह गर्दा उनीहरुले आप्mनो साथीहरुले अरुलाई किन कमिसन खान दिन्छौ, “त्यत्रो कमिसन आउँछ !” त्यसैले तिमी आपैm तालिम गरेर अभिकर्ता बन, ‘आफ्नो र आफ्नो  परिवार अनि आफ्नो नातागोता एवम् आफन्तको जीवन बीमा पनि आफ्नै  कोड मार्फत गर, कमिसन मालामाल ! भनी निःशुल्क बुद्घि ‘बरो’ गरे ! भनी सुनाएका थिए ।  

त्यसो त गत वर्ष (विसं २०७९ मा) पनि तत्कालीन राष्ट्रिय बीमा समिति (हाल नेपाल बीमा प्राधिकारण) ले नेपालका सबै जीवन बीमा कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई आप्mनो लाईसेन्स नवीकरण गर्नका लागि असोज मसान्तसम्मको म्याद दिएर ताकेता गरेको थियो । त्यसो गर्दा पनि सो वर्ष विभिन्नि जीवन बीमा कम्पनीमा कार्यरत आधाभन्दा केही बढी (५८ प्रतिशत) अभिकर्ताले मात्रै आफ्नो लाईसेन्स नवीकरण गरेका थिए ।

यसरी हेर्दा ऊ वेला पनि जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएर अभिकर्ता बनेका वा जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएका अभिकर्ताहरु (एजेन्ट) मध्ये ४२ प्रतिशतले आफ्नो लाईसेन्स नै नवीकरण नर्गनुको खास कारण के थियो ? सम्बन्धित सरोकारवाला निकायहरुले गम्भीर भएर सोचेनन् । साथै पछिल्लो समाचारअनुसार गत आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा लगभग २३ प्रतिशतले जीवन बीमा गर्नेहरुको संख्या पनि घटेको छ । यसरी सुख दुःखको साथी अथवा भनौं अपरझट भर–अभर  आई पर्दा निश्चित समय अवधि काटेपछि सस्तो ब्याज दरमा ऋृण लिन सकिने र जीवनमा आईपर्ने आर्थिक संकटलाई टार्न सकिने एक सुरक्षित माध्यम जीवन बीमा गर्ने मानिसहरुको संख्या बढ्दै जानुमा पर्नेमा घट्दै जानुको अर्थ के हुन सक्छ ? यस विषयमा समय छँदै सबैले गम्भीर भएर चिन्तन–मनन् गर्नुपर्ने देखिन्छ । 
                                                   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको