जेनजी आन्दोलनबाट भएको क्षतिको बीमा कम्पनीहरुमा २३ अर्ब माथिको बीमा दाबी परेको छ भने ३ अर्ब भन्दा माथिको मात्रै बीमा दावी भुक्तानी भएको छ । नेपाल बीमा प्राधिरकणका अनुसार जेनजी आन्दोलनबाट भएको क्षतिको २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ दाबी परेको छ भने ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ मात्रै भुक्तानी भएको हो ।
प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेको दाबी मध्ये सम्पत्ति बीमातर्फ ६९३ वटा दाबीको १९ अर्ब ४ करोड ९ लाख रुपैयाँमध्ये करिव २ अर्ब ९२ करोड ८६ लाख रुपैयाँ र मोटर बीमातर्फ २ हजार २९० वटा दाबीको दाबीको ३ अर्ब ४७ करोड ७ लाख रुपैयाँमध्ये ६८ करोड ६१ लाख रुपैयाँ भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको ५४ करोड ७५ लाख रुपैयाँ दाबी परेको छ । उक्त दाबीमध्ये ६ करोड २३ लाख रुपैयाँ, परिवहन बीमातर्फ १२ वटा दाबीको करिव १ करोड ६८ लाख रुपैयाँ मध्ये ४७ लाख रुपैयाँ र अन्य बीमातर्फ ४२ वटा दाबीको ३९ करोड ३० लाख रुपैयाँ दाबी रकममध्ये २३ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस