Like us!
Follow us!
Connect us!
Watch us!

भदौ २६ गतेदेखि नाडा अटो शो : ६ दिनसम्म चल्ने, १२० वटा स्टल हुने

अर्थ संसार

सोमबार, ११ भदौ २०८०, १३ : ४९ मा प्रकाशित

भदौ २६ गतेदेखि नाडा अटो शो : ६ दिनसम्म चल्ने, १२० वटा स्टल हुने

नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १५औं संस्करण टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित "नाडा अटो शो–२०२३" आयोजना गर्ने भएको छ। 

काठमाण्डौको भृकुटीमण्डपको प्रदर्शनीस्थलमा आयोजना हुने उक्त प्रदर्शनीको शिर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह-प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ । यसैगरी प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिङ्क, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि एवमं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्टिललजस्ता संस्थाहरु रहेका छन् तथा प्रदर्शनी व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ। 

हाल विद्यमान बजार शुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले, केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन यस किसिमको व्यापारिक गतिविधिको योगदानलाई प्रष्ट पार्दछ । आयोजकका अनुसार आर्थिक शुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ । यस अवस्थामा टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो शो २०२३ले बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठम्याई रहेको छ । संग-संगै नेपाली महान चाड-पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरु तथा अटोमोवाइलसंग प्रत्यक्ष-अप्रत्यक्षरुपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउने आयोजकले विश्वास लिइएको छ । प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरुको चाप बढ्दै गइरहेको सन्दर्भमा, प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभई, आम सर्वसाधारणको जिविकोपार्जनकालागि चाहिने अत्यावशक साधनको रुपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।

प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० वटा स्टल र ब्लकहरु रहने छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता सगेत रहने छ । प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे २२ वटा ब्राण्डका दुई पाङग्रे ७ वटा ब्राण्डका लाइट कर्मार्शयल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुव्रिकेन्ट, टायर, व्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ । प्रदर्शनीलाई वढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विकिपछिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरु रहने छन् भने अटो सम्बन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । आम सर्व साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना-कक्ष समेत प्रदर्शनीमा रहने छ ।

उक्त विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २- पाङग्रे ४ - पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुको छुट्टा-छुट्टै प्रदर्शन गरिएको छ । प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नकालागि काठमाण्डु मल, सैनिक कल्याणकारी भवन, बस पार्क भिउ टावर लगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूवाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन गरिने छ । एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन आजकै मिति देखि खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । आज देखि भाद्र २५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा Khalti द्वारा २० प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ ।

६ दिनसम्म चल्ने उक्त नाडा अटो शो २०२३ मा लगभग ७५००० आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ । यस वर्षको थप आकर्षणमा कुजु नेपाल प्रा. लि. को प्रायोजनमा नाडाले Yadea E8S Pro Electric Scooter टिकटको लक्की ड्र गरी भाग्यसाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको