Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफको आईपीओ शुक्रबार बाँडफाँड हुने, ८ लाख बढीकाे हात रित्तै हुने निश्चित

अर्थ संसार

मंगलबार, १२ भदौ २०८०, ११ : ४४ मा प्रकाशित

सन नेपाल लाइफको आईपीओ शुक्रबार बाँडफाँड हुने, ८ लाख बढीकाे हात रित्तै हुने निश्चित

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ३२ गतेदेखि भदाै ४ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओ यही शुक्रबार अर्थात् भदाै १५ गते बाँडफाँड हुने भएकाे छ । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार उक्त आईपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँड गरिन्छ ।

कम्पनीले सर्वसाधारणका लागि १०० रूपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँमा आईपीओ बिक्री गरेकाे थियाे । सर्वसाधारणका लागि ७६ लाख ८० हजार कित्ता छुट्याइएकाे थियाे ।

याे आईपीओमा अन्तिम दिनसम्म १५ लाख ७७ हजार ७ सय ४४ जना लगानीकर्ताहरूले कुल १ करोड ७८ लाख ३२ हजार ३ सय कित्ताका  लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा २.३२ गुणा बढी आवेदन हाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिन्छ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा  भाग्यमानी ७ लाख ६८ हजार जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् । बाँकी ८ लाख ९ हजार ७४४ जना लगानीकर्ताहरूको भने हात खाली हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको